March 26, 2025
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मङ्गलबारको तुलनामा आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो ।
२ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति:March 26, 2025