March 27, 2025
काठमाडौँ । नेपाली बजारमा बिहिवार सुनको मूल्य बढेको छ ।
प्रतितोला १ हजार ३ सयले बढेर आज प्रतितोला सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी जनाएको छ ।
बुधबार भने सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर आज दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति:March 27, 2025
April 1, 2025
April 1, 2025