दुर्गा प्रसाईं बने संयुक्त जनआन्दोलनको जनकमाण्डर

  Sampatti News Online

March 27, 2025

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले सो जानकारी दिएका हुन्। राजावादीहरुले भोलि काठमाडौंको तीनकुनेमा जनप्रदर्शन गर्दैछन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते एक वक्तव्य सार्वजनिक गर्दै पनि आफ्नो सक्रियता बढाएका छन् । त्यसमा मुख्य भूमिका निभाइरहेका प्रसाईंलाई नै यो जिम्मेवारी दिइएको हो ।

‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आम नागरिक, राजनीतिक पार्टी र समूहहरूसँग हार्दिक अपील गर्दछु’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन।’

प्रकाशित मिति:March 27, 2025