March 28, 2025
काठमाडौँ । समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।
जसअनुसार मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् । जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ ।
चार दलका शीर्ष नेताहरुले मात्र सभालाई सम्बोधन गर्ने भएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सभामा उपस्थित नहुने भएका छन् ।
प्रकाशित मिति:March 28, 2025
March 31, 2025
April 1, 2025
March 31, 2025
April 1, 2025