कुलमान हटाएको विषयमा संसद्‍मा प्रधानमन्त्रीले १८ चैतमा जवाफ दिने

  Sampatti News Online

March 28, 2025

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ चैतमा संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । कुलमान घिसिङ बर्खास्ती लगायतका विषयमा प्रधानन्त्रीले संसदमा जवाफ दिने भएका हुन् ।

अहिले चर्चाको रहेको कुलमान घिसिङको विषय र अन्य विषयमा प्रधानमन्त्रीले १८ गते जवाफ दिने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । सोही कारण पनि प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित गरिएको उनले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरुका प्रमुख सचेतकहरुसँग छलफल समेत गरेका थिए ।

यसैबीच आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै कुलमानले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । घिसिङले आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाएर रिट हालेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानलाई बर्खास्त गरेको विषयलाई लिएर प्रतिपक्ष दलले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति:March 28, 2025