March 30, 2025
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरणको समेत मुद्दा परेपछि सांसद पदबाट निलम्बित भएका र पार्टीको जिम्मेवारीबाट अलग रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।
गत कात्तिक पहिलो साता काठमाडौंमा पक्राउ परेसँगै लामिछाने पार्टीका गतिविधिबाट टाढा थिए ।
उनीविरुद्ध काठमाडौँ, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा कमव्याक गराउने भएको छ । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको छ।
३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । र, दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्ने छन् ।
लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्य तालिकालगायत पनि छलफलको एजेण्डामा छ ।
प्रकाशित मिति:March 30, 2025
April 2, 2025
April 2, 2025