March 30, 2025
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरूलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरूलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरूलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।
बैठकमा होहल्लाका बीच गणतन्त्रपक्षधर सांसदहरूले राजावादीहरूलाई थुन्नुपर्ने भनेपछि लिङ्देनले सक्ने भए जेल हाल्न चुनाैती दिएका हुन् । ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल’, लिङ्देनले भनेका छन् ।
संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरूबीच आरोप–प्रत्यारोप चलेपछि बैठक स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक पुन: बस्न सकेको छैन ।
प्रकाशित मिति:March 30, 2025