पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

  Sampatti News Online

March 30, 2025

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुपन्देहीको मर्चवारी गाउँपालिका घुस लिएको आरोपमा भुसाल र लक्ष्मी बस्याललाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा भुसाललले बुद्ध भेट सेन्टरलाई कार्यादेश दिई त्यसका प्रोप्राइटर लक्ष्मी बस्यालबाट ४ लाख घुस लिएको पुष्टि भएको छ । सोही आरोपमा बस्यालविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

भुसालले पशु सेवा कार्यक्रम सहज बनाइदिने नाममा घुस लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो जफत, जरिवाना र कैद सजायको माग गरिएको छ । 

प्रकाशित मिति:March 30, 2025