सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

Nepal Cover
१७ चैत्र २०८१, सोमबार
image

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो। चाँदीको मूल्य पनि सामान्य बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।