तोलामा ७ सयले घट्यो सुनको मूल्य

  Sampatti News Online

April 7, 2025

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आईतबारको तुलनामा प्रतितोला सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । 

प्रतितोला ७ सय रुपैयाँले घटेर आज एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा भने ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित मिति:April 7, 2025