सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ५७ सय रुपैयाँले बढ्यो

Nepal Cover
२७ चैत्र २०८१, बिहीबार
image

काठमाडौं । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।