पर्यटन बिभागभित्रको गोलमाल कस्ले हेर्ने

अख्तियारले रोक्दा समेत रकमको बलमा अनुमतिपत्र दिई छाडे

  Sampatti News Online

April 10, 2025

काठमाडौं । देशको अर्थतन्त्र डामाडोल छ। पर्यटन क्षेत्रलाई ब्यबस्थित ढङ्गले बिकास गर्दै बिस्तार गर्नुपर्नेमा पर्यटन बिभाग हाक्ने महानिर्देशक गफाडी परेपछि यस क्षेत्र लथालिङ्ग बन्दै गएको छ। प्राप्त जानकारी अनुसार बिदेश मात्रै घुम्ने र बाकी जिम्मेवारी कोर समूहले समाल्ने भएपछि बिभाग भित्र क्यासिनो अनुमतिपत्र र हिमाल चढाउने खेलोमेलो फस्टाउदै गएको छ भने महानिर्देशक नारायण प्रसाद रेग्मी सेवा सकिन लागेका सचिब बिनोदप्रकाश सिंहलाई देश बिदेश घुमाएर भएपनी भित्रको धन्धा गुपचुप गराउन सफल भएका छ्न्।
समाचार श्रोतका अनुसार यतिबेला महानिर्देशक रेग्मी चाइनाको भ्रमणमा छ्न् जहाँ सामन्य अधिकृत जादा पनिहुने भ्रमणमा उनी आफै अग्रसर हुन्छ्न् यसपटक पनि त्यसै गरेर उनी चीन हुइकेका छ्न्।
महानिर्देशक रेग्मी स्थानीय बिकासमा कार्यरत रहदाको खेलोमेलो सम्पर्क अधिकृत हरिसरण न्यौपाने पछिल्ला दिनका मुख्य हर्ताकर्ता नै हुन। समाचार श्रोतका अनुसार पहिले देखि कै सम्पर्क सुत्र अधिकृत न्यौपानेलाई भित्र्याएर माल छापिरहेको बिभागका एक कर्मचारीले सम्पत्ति न्युजलाइ बताए ।महानिर्देशक कुनबेला कहाँ पुग्छ्न् सेटिङका कर्मचारी बाहेक अरुलाइ जानकारी नै हुदैन । गफमा संसार हाक्ने महानिर्देशक रेग्मीले कोर समुह बलियो बनाउन भेगिए उपसचिव लिलाधर अवस्थी लाई जोडेका बताइन्छ।

लिलाधर अवस्थी


दार्चुला घर भएका शाखा प्रमुख एवं सूचना अधिकारी लिलाधर वस्ती सहितको समुह यतिबेला पाच तारे होटलमा बाक्लो उठबस गर्नेमा अगाडि देखिन्छ्न्। समाचार श्रोतका अनुसार मार्कुट होटल, मेट्रो पोलिटियन होटल कतिपय क्यासिनो अहिले उनीहरुको शिकार बनेको देखिन्छ ।भैरहवाको एक क्यासिनोको बारेमा अख्तियारमा उजुरी परेपछि रोकिएको काम पुनः पर्छ्योट नभई रकम कै बलमा लाइसेन्स दिने काम समेत यही समूहले गरेको छ। कमिसनको पेश्की बुझी सकेको यो समूहले अरु तीन वटा क्यासिनोलाई लाइसेन्स दिने अन्तिम तयारी गरेको समाचार श्रोतको दाबी छ। अख्तियारले रोकेको सन्दर्भ बेलाबेलामा चल्ने गरेको भएपनि यो समुह भन्छ त्यहाँ पनि हामीले मिलाएका छौ।
सुशासनको क्षेत्रमा कृयाशिल देखिएको अख्तियारको नाम बेच्ने यो गिरोहले भेगिय नाताका मन्त्रालयका सचिब सिंह भने बिदेश घुमाइको स्वादमा रमेको भएपनि अख्तियारका जिम्मेवारी ब्याक्तित्वले यो गहिरोको छानबिन गर्नुपर्ने देखिन्छ।
“कर्मचारीलाई कुरैले जित्ने सानै रकममा पनि बिक्ने ” बिभाग भित्रको यो शैली कहिले सम्म मौलाउने हो कर्मचारीहरूको प्रश्न छ।
महानिर्देशकले देशबिदेश घुम्न जाने कार्यक्रमको त्यो सिड्बिल कसैलाई जानकारी नै हुँदैन।
प्राप्त जानकारी अनुसार होटलमा प्रयोग गर्ने समानको योजना बनाएर स्वीकृत गर्दा लाखौ घुस असुली गर्ने गरेको सन्दर्भ त यहाँ भित्र सामान्य नै बनेको छ।
पर्यटन बिकास को नाममा कोर समुहको निसानामा क्यासिनो र होटल इजाजतपत्रको नाममा लाखौं असुली धन्धा न त मन्त्रालयले बुझेको छ नत अख्तियारले नै।
कतिपय मापदण्ड नपुगेका होटलले पनि त्यो समुहलाई खुसी बनाएपछि इजाजतपत्र पाएका छ्न् भने महानिर्देशक रेग्मी भने आफू नजिक रहेका पत्रीका बोलाएर बिभागले राम्रो प्रगति साथ काम अगाडि बढाएको बताउने गरेका छ्न्।
हिमाल चढने धन्धामा अर्को लुट
निजामती कर्मचारीलाई घुमाउरो पारामा दुई चार लाख लैजा भनेर यो बिधि बनाएर नै लुटिएको छ।
बर्सेनि करोडौं रकम हिमाल चढने नाममा खर्च गरिए पनि यस्ले कुनै नतिजा दिन सकेको छैन। बिदेशीलाई अनुमती दिदा मिलाएर खाने अनि निजामती कर्मचारीलाई चढाउदा कागज मिलाएर खाने यो धन्धा तत्काल रोकिनु पर्ने सरोकारवाला बताउछ्न्।देशले आर्थिक संकट ब्योहोरिरहेको छ । ठुलो रकम हिमाल चढने नाममा खर्च गरिरहेका छ्न। यो खर्च कटौती गर्नुपर्ने बिज्ञको धारणा समेत सुनिन्छ ।
हिमाल चढन जाने समुहको सम्पर्क अधिकृत पठाउदा समेत बझाङ र बाजुरा भेगिए भएकै कारण आफ्नो क्षेत्रकालाई पठाएर कोर समुहको धन्धालाई थप साथ दिनुपरेको एक भुक्तभोगिले सम्पत्ति न्युजसगको भेटमा बताए।
बिभाग भित्रको चरम बिकृती रोक्न के गरिरहनु भएको छ भन्ने सम्पत्ति प्रतिनिधिको जिज्ञासामा महानिर्देशक रेग्मीको धारणा लिन खोज्दा उहाको फोन अफ थियो भने सुचना अधिकारी लिलाधर अवस्थी सग सम्पर्क गर्दा महानिर्देशक रेग्मी चाइना जानुभएको छ उहाँ कहिले फर्कनुहुन्छ यकिन भएन यो भन्दा अगाडि स्विजरल्याण्ड जादा पनि महानिर्देशकले सचिब सिंह लाई समेत सँगै लगेको बताइएको छ।

ऋषिकुमार यादब बाट

प्रकाशित मिति:April 10, 2025