चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दै

Nepal Cover
३० चैत्र २०८१, आईतवार
image

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दैछ । हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा फाइनल खेल अहिले बिहान सवा ११ बजे सुरु हुँदैछ ।

हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो।

लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको थियो।

नेपाली टिममा रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन् ।