नेपाल कुवेतसँग ३ रनले पराजित

  Sampatti News Online

April 13, 2025

काठमाडौँ। नेपाल हङकङ टी२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो । अन्तिम चरणसम्म रोमाञ्चक बनेको खेलमा नेपाल जितको नजिक पुगेर पनि लक्ष्य पार गर्न असफल रह्यो ।

कुवेतले प्रस्तुत गरेको १७५ रनको चुनौतीपूर्ण लक्ष्यमा बसिरले उत्कृष्ट प्रदर्शन गरे पनि अन्य ब्याटरहरूले खासै योगदान दिन नसक्दा नेपाललाई उपाधि गुमाउन बाध्य बनायो ।

बसिरले ४३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ८० रन बनाए । यस्तै नन्दनले १४ बलमा २ चौका र ४ छक्का मदतमा ३७ रन योगदान गरे । ओपनर बसिफ शेखले २१ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रकाशित मिति:April 13, 2025