पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  Sampatti News Online

April 15, 2025

काठमाडौं । पियोर इनर्जीको आईपीओ भर्ने अन्तिम दिन बाँकी रहँदा १६ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा कुल १ करोड ९२ लाख ९४ हजार ७६० कित्ता आवेदन माग भएको छ ।

कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएको हो । यस निष्काशनमा न्यूनतम् १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरिसकेको छ। 

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा हिजो सोमबारसम्ममा माग गरिएको भन्दा १६.१४ गुणा बढीको आवेदन परिसकेको छ । सोमबारसम्ममा कम्पनीको आईपीओमा १६ लाख ३४ हजार ४ सय ८९ जनाले १ करोड ९२ लाख ९४ हजार ७ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

प्रकाशित मिति:April 15, 2025