आज देशभरको मौसम कस्तो रहला?

  Sampatti News Online

April 16, 2025

काठमाडौँ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भू-भागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ  ।

तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ। साथै उच्च पहाडी भू-भागहरूमा हल्का हिमपातको पनि सम्भावना छ।अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले बिहीबार पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको छ । 

प्रकाशित मिति:April 16, 2025