आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

Nepal Cover
५ बैशाख २०८२, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । बिहिबार पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।