जनकपुरधाम । धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् ।
धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरीले जनाइएको छ।
विष सेवनबाट अवस्था गम्भीर भएको परिवारले थाहा पाएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए। उपचारका क्रममा बच्चाहरूलाई चिकित्सकले मृत घोषित गरेका थिए भने गम्भीर अवस्थामा रहेकी बबिताको उपचार भैरहेको छ।
बबिताको गर्भमा रहेको बच्चालाई शल्यक्रिया मार्फत निकालिएको छ। सुत्केरी गराउने समय पूरा भैसकेको हुनाले नवजात शिशुको अवस्थामा सामान्य रहेको अस्पतालले जनाइएको छ।
नवजात छोराको स्वास्थ्य अवस्था सामान्य रहेको र आमा बबिताको अवस्था चिन्ताजनक रहेको बुझिएको छ।
घरायसी विवादका कारण बबिताले छोराछोरीलाई खानामा विष मिसाएर खुवाएको र आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको धनुषा प्रहरीले जनाइएको छ। यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले रौतहटले जनाएको छ।