बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 

Nepal Cover
२४ बैशाख २०८२, बुधबार
image

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ । 

मङ्गलबार प्रतितोला सुन एक लाख ८९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।