काठमाडौँ । पाकिस्तानी सेनाले थप अर्को एउटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।
पाकिस्तानको सरकारी टेलिभिजन पीटीभीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै पञ्जाब प्रान्तको शंकरगढ क्षेत्रमा बुधबार बिहान उक्त ड्रोन खसालिएको जानकारी दिएको हो।
पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारतीय उक्त ड्रोन पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको केही समयपछि नै निष्क्रिय पारिएको थियो ।
यसअघि पाकिस्तानी सेनाले पाँच भारतीय जेट र एउटा ड्रोन खसालेको दाबी गरेको थियो ।
‘अहिलेसम्म, म तपाईँलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान-जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।
बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन।