काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ६०० रुपैयाँ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ५ रुपैँयाले घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।