झापामा खुकरी हानेर महिलाको हत्या, श्रीमान् पक्राउ

Nepal Cover
२८ बैशाख २०८२, आईतवार
image

झापा । धारिलो हतियार घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा झापाको कनकाई नगरपालिका– २ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।

गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । “दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । निजलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो”, उहाँले भन्नुभयो ।

घटनास्थल सुरक्षित राखी घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।