सुन चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ किनबेच ?

Nepal Cover
२९ बैशाख २०८२, सोमबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो । 

जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।