सिटिइभिटिको इच्छा लागेको बिषय पढ्न प्रवेश परिक्षा दिनुपर्दैन

Nepal Cover
३० बैशाख २०८२, मंगलवार
image

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सिटिइभिटी०का कुनै पनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने भएको छ । धेरै पहिला ल्याउनुपर्ने यो प्रणाली ढिलाइ भएपनि सिटिइभिटीले एसइई–एसएलसी, प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिए अंकका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अंकका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा यसै शैक्षिक सत्रदेखि एसइइ वा प्रमाणपत्र तहमा प्राप्त जिपिएका आधारमा भर्ना गर्न लागेको हो ।

सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने बताउनुभयो । उहाँले भन्नुभयो “अब विद्यार्थीले सिटिइभिटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन ।” प्रवेश परीक्षा लिईदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जिपिएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको उहाँले बताउनुभयो ।

कतिपय पूर्व तयारी कक्षा चलाउनेहरुले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने भन्दै रकम असुलेको गुनासो समेत आएको भन्दै उहाँले अब यस्तो समस्या हटेर जाने बताउनुभयो ।

वैशाख २६ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षतामा बसेको प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को २०७ औं बैठकले परिषद् अन्तर्गत प्रशिक्षार्थी भर्ना प्रक्रियाका लागि परीक्षाको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको थियो ।

सिटिइभिटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ तयार गरी लागू गरेको छ । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त औसत ग्रेड प्वाईन्ट ९जिपिए० को आधारमा योग्यताक्रम सूचि तय गर्ने व्यवस्था गरिएको छ ।

उहाँका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसइइ वा एसएलसी उत्तीर्णलाई थप अंकभार वापत १ र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अंकभार वापत ०।८५ दिने व्यवस्था गरिएको छ ।

सिटीइभिटी अन्तर्गत देशभर ६३ वटा आंगिक र प्रतिष्ठान एवं निजी गरी ४०० भन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताउनुभयो ।

सिटिइभिटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाईन मार्फत् फारम भर्ने व्यवस्था समेत गरेको छ । आंगिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरुले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन् ।

भरतपुर १२ गोन्द्राङमा रहेको श्रीचितवन कलेज ९साविक श्रीमेडिकल एण्ड टेक्निकल कलेज० का कार्यकारी अध्यक्ष सरोज ढकालले प्रवेश परीक्षा नहुने व्यवस्थाले विद्यार्थीलाई सहज भएको बताउनुभयो । अनावश्यक रुपमा हुने चलखेल हट्ने र राम्रो अंक ल्याउने विद्यार्थीले अवसर पाउने उहाँले बताउनुभयो ।

आफ्नो कलेजले भर्ना हुन चाहने विद्यार्थीलाई निःशुल्क परामर्श दिने गरेको बताउनुभयो । विद्यार्थीलाई कलेजबाटै अनलाईन फारम गर्ने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सिटीइभिटीका जुनसुकै कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीले हाम्रो कलेजमा आएर फारम भर्न सक्ने व्यवस्था गरेका छौं ।”

आफ्नो कलेजमा शैक्षिक सत्र २०८२र०८३ का लागि डिप्लोमा इन फार्मेसी ९डि फार्मेसी०, जनरल मेडिसिन ९एचए०, ल्याब टेक्निसियन ९सिएमएलटी० र डाईग्नोस्टिक रेडियोग्राफीमा अध्ययनको अवसर रहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य नगरी चितवनमा लामो समयदेखि स्वास्थ्यका विभिन्न विषयका अध्ययन अध्यापन गराउँदै आएको श्रीकलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्रीचितवन कलेज हो । यस कलेजको आफ्नै एक सय शैयाको नेशनल सिटी अस्पताल रहेको छ । भरतपुरको केन्द्र भागमा भौतिक पूर्वाधार सम्पन्न कलेज भएको भन्दै अध्यक्ष ढकालले दक्ष, अनुभवी प्रशिक्षकहरुबाट आधुनिक कक्षा कोठाहरुमा मल्टिमिडियाको प्रयोग गरी अध्ययन अध्यापन गराईदै आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो कलेजमा सैद्धान्तिक सँगै व्यवहारिक ९प्रयोगात्मक० कक्षाहरु आधुनिक तरिकाले दक्ष र अनुभवी प्रशिक्षकहरुबाट अध्ययापन गराउँदै आएका छौं ।” यस कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरुले स्वदेश तथा विदेशमा तत्काल रोजगारी पाईरहेको उहाँको भनाई छ ।

सिटीइभिटीका विभिन्न विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई कन्सल्टेन्सीहरुले तयारी कक्षा पढाउने गरेका थिए । यस्तो कार्यले विद्यार्थीलाई अतिरिक्त आर्थिक भार थपेको र कतिपयले निजि कलेज संचालकहरुले नाम निकालि दिने भन्दै विद्यार्थीबाट थप रकम समेत असुल्ने गरेको गुनासो बढ्दै गएपछि परिषद्ले परीक्षाको ढाँचा नै बदलेको छ यो निर्णयले विद्यार्थी र अभिभावकमा खुसी छाएको देखिन्छ।