काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं विभिन्न ठाउँबाट गरी ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कन्चनपुरका ५२ वर्षीय लोकजन खड्का छन् ।
गुरुङले अजरबैजान पठाउने भन्दै ५ लाख ठगी गरेको आरोप छ । अधिकारीले जापान पठाउने भन्दै ३ लाख, घिमिरेले पनि जापान पठाउने भन्दै ५० हजार र खड्काले थाइल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको पाइएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।