सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
१० जेष्ठ २०८२, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने सुन प्रतितोला एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला २ हजार पाँच रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार २५ रुपैयाँमा कायम भएको थियो ।