गृहमन्त्री लेखकबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

Nepal Cover
१२ जेष्ठ २०८२, आईतवार
image

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् ।

सोमबार बिहान ९ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यताको विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ ।

पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुनेछ ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । यसबारेमा पनि छलफल हुनेछ ।