बिज्ञहरुको एकमुष्ट धारणा निजामती प्रशासन अनुभव नै उत्कृष्ट

Nepal Cover
१४ जेष्ठ २०८२, मंगलवार
image

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने धारणा कसैको पनि नरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौँमा “प्रशासनिक सङ्घीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरू” विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म आफूहरू औपचारिक तथा अनौपचारिक छलफल गर्दा कसैले पनि कुलिङ पिरियड हुनुहुँदैन नभनेको बताउनु भयो । उहाँले निजामती कर्मचारीमा मात्रै कुलिङ पिरियड किन राखियो भन्ने प्रश्न उठेको स्पष्ट पार्नुभयो । सचिव सापकोटाले भोलीका दिनहरूमा कतिपय अवस्थामा विज्ञ व्यक्ति नै नपाएको अवस्था के गर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले अहिलेकै व्यवस्था राखे भोली विपद् भइहाले स्वास्थ्य सेवाबाट अवकाश भएका कर्मचारीहरूलाई पठाउने कि नपठाउने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सेवाबाट अवकाश भएको सम्बन्धित क्षेत्रको विज्ञ कर्मचारी भोलीका दिनहरूमा कुनै आयोग वा परिषद्मा छोटो अवधिमा काम गर्नुपर्ने अवस्था आए प्रयोग गर्ने कि नगर्ने ? भन्दै पुनः प्रतिप्रश्न गर्नुभयो । यस्तै, उहाँले आफूले करिव ३२ वर्ष कानून ड्राफ्टिङको काम गरेको र भोलिका दिनमा दुई वर्ष ब्रेक लिएपछि आवश्यक अवस्थामा पुरानै गतिले काम गर्न नसकिने अवस्था सिर्जना हुने बताउनु भयो । उहाँले विधेयकका केही विषयमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यहाँ भएका कतिपय अवस्थामा विज्ञ मान्छे नै पाइँदैन । विज्ञ मान्छे नै पाइँदैन भने के गर्ने ? अहिलेकै व्यवस्था राख्ने हो भने भोली कुनै ठाउँमा विपद् पर्‍यो भने स्वास्थ्यबाट अवकाश भएका कर्मचारीहरूलाई पठाउने कि नपठाउने ? भोली कसैलाई आयोग वा परिषद्मा छोटो अवधिमा काम गर्नुपर्‍यो र त्यो विज्ञ छ भने त्यसलाई प्रयोग गर्ने कि नगर्ने ? म कानुनको कुरा गर्छु, म ड्राफ्टिङमा ३१–३२ वर्ष काम गरेको छु । भोली कुनै ड्राफ्टिङको काम पर्‍यो र दुई वर्षसम्ममा मैले ड्राफ्टिङको काम छोडे भने त म जिरो हो । लेख्ने विषयहरू जानिँदैन, सकिँदैन । डाक्टरले दुई वर्ष छोड्यो भने के गर्छ ? नयाँ केही टेक्नोलोजी आइसकेको हुन्छ । विभिन्न विषयहरू छन्, यी विषयहरूमा हामीले छलफल गर्नुपर्छ । म कानुन सचिवको हैसियतले संसद् गर्ने कुराहरूमा मैले विरोध जनाउन पनि मिल्दैन, जनाउनु पनि हुँदैन । अहिलेसम्म हामी औपचारिक अनौपचारिक छलफल गर्दा कसैले पनि हुनुहुँदैन भनेर कसैले पनि भनेको छैनौँ । किन यसमा मात्र भयो ? भन्ने मात्र प्रश्न उठेको हो ।”

कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले पूर्व प्रशासकहरूको अनुभव अमूल्य रहने बताउनु भयो । उहाँले पूर्व प्रशासकहरूको अनुभव पुस्तक, संस्मरण आकारमा जनताले पढ्ने अवसर पाउने र त्यसबाट सुसूचित हुने पर्याप्त मौका हुने बताउँदै त्यो जारी रहनुपर्ने बताउनु भयो । उहाँले पूर्व प्रशासकहरूको संलग्नतामा एउटा नीति निर्माण प्रतिष्ठान जस्तै संस्था गठन गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्र सञ्चालनमा विषयमा राजनीतिकर्मी र शासकहरूले हरेक तीन तीन महिनामा प्रतिष्ठानको अब्जरर्भेसन सुनेर आफूलाई अपडेट गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले असमयमै अवकाश गरेर बाँकी जीवनमा निजामती कर्मचारीको अनुभव राज्यले नपाउने र राष्ट्रलाई थप सेवा गर्छु भन्दा भन्दै घर बस्नुपर्ने अवस्था आउनु पनि ठिक नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “ हाम्रा पूर्व प्रशासकहरूको अनुभव अमूल्य छ । उहाँहरूको अनुभव पुस्तक, संस्मरण आकारमा जनताले पढ्ने अवसर र त्यसबाट सुसूचित हुने पर्याप्त मौका हामी पाउँछौँ । पूर्व प्रशासकहरूको संलग्नतामा एउटा नीति निर्माण प्रतिष्ठान जस्तो गठन गर्नुपर्छ । त्यो प्रतिष्ठानको बैठक र राष्ट्र सञ्चालनमा के कस्तो भइरहेको छ भन्ने कुरा राजनीतिकर्मी र शासकहरू गएर हरेक तीन तीन महिनामा अब्जरर्भेसन सुनेर आफूलाई अपडेट गर्नुपर्छ भन्ने मलाई लाग्छ । असमयमै अवकाश गरेर बाँकी जीवनमा उहाँहरूको अनुभव राज्यले नपाउने र राष्ट्रलाई उहाँहरूले सेवा थप गर्छु भन्दाभन्दै घर बस्ने भन्ने कुरा पनि विल्कुलै ठिक होइन ।”
उहाँले राम्रा प्रशासकको अनुभव राज्यले लिनुपर्नेमा जोड दिनुभयो । जनसरोकार सग जोडिएका बिषयमा निरन्तर कार्यक्रम गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानमा कृयासिल भैरहेको तराई बिकास तथा संचार केन्द्र नेपालले यसपटक बजारमा सर्वाधिक चासो राखिएको स्थानीय ,प्रदेश र संघ सग अन्तर सम्बन्धित बिषयमा प्रशिक्षण मुलक ढंगले आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका पुर्व सचिब डाक्टर दामोदर रेग्मी राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख कृष्णहरि बास्कोटा लगायतका पुर्व प्रशासकले कार्यपत्र प्रस्तुत सहितको प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा पुर्व सचिब लक्ष्मिराम पौडेल र डाक्टर योगेन्द्र कुमार कार्कीले भने क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने हुन्छ।हामी सग क्षमता मापन गर्ने के छ ? प्रश्न गर्नुभयो ।
बिदेशमा समेत सबैको हकमा कुलिङ पिरेड हुन्छ तर सबैलाई बराबर गरेर हेरिन्छ पुर्व सचिबद्वयको धारणा थियो। निजामती कर्मचारीको हकमा मात्रै कुलिङ पिरेड लागू गर्नु क्षमतावानलाइ सिधै अन्याय गर्नु सरह हो पुर्व प्रशासकको साझा धारणा आएको थियो।
प्रस्तुत कार्यपत्रमा धारणा राख्दै सम्पादक सागर पण्डित र ॠषिराम पौडेलले समग्र सुधारका बिषयमा आआपना धारणा राखेका थिए।
आयोजक संस्था तराई बिकास तथा संचार केन्द्र नेपालका तर्फबाट अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंले निजामती प्रशासन क्षेत्रले एकसे एक काबिल ब्याक्तित्व जन्माएकोले सबैलाई न्यायोचित ब्याबहार हुने र देखिएको अन्योलता चाडै टुङ्गियोस भन्ने उदेश्यले नै कार्यक्रम आयोजना गरिएको बताउदै नवनिर्वाचित नेपाल बारका अध्यक्ष बिजय प्रसाद मिश्रलाई अध्यक्ष चौलागाईं सहित प्रमुख अतिथि सचिब सापकोटा लगायतले कार्यकाल सफलताको शुभकामना दिदै बधाई समेत दिइएका थिए।

कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष बिजयप्रसाद मिश्र सहभागिता जनाउने सरोकारबालालाई आफ्नो धारणा राख्दै ।
कार्यक्रममा राष्ट्रिय सुचना आयोगका पुर्व प्रमुख तथा नेपाल सरकारका पूर्व सचिव कुष्णहरि बास्कोटा सहभागिता जनाउने सरोकारबालालाई आफ्नो धारणा राख्दै ।
कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव डा. दामोदर रेग्मी सहभागिता जनाउने सरोकारबालालाई आफ्नो कार्य पत्र पेपर प्रस्तुत गर्नुहुदै ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्की सहभागिता जनाउने सरोकारबालालाई आफ्नो धारणा राख्दै ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव लक्ष्मिराम पौडेल सहभागिता जनाउने सरोकारबालालाई कार्य पत्रमा टिप्पणी राख्दै ।
कार्यक्रममा नेपाल सामाचारपत्रका सम्पादक सागर पण्डित सहभागिता जनाउने सरोकारबालालाई आफ्नो धारणा राख्दै ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाई सहभागिता जनाउने सरोकारबालालाई आफ्नो धारणा राख्दै ।
कार्यक्रममा कान्तिपुर नेपालको राष्ट्रिय दैनिक पत्रिकाका बरिष्ट पत्रकार ऋषिराम पौडेल सहभागिता जनाउने सरोकारबालालाई आफ्नो धारणा राख्दै ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मि तथा सरोकारबालाहरु ।