काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगन गरिएको छ । आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी १ बजेतिर बसेको थियो । तर, विपक्षी दलहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगन गरेर आधा घण्टाका लागि सारेका थिए ।
त्यस अवधिमा पनि सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखले आजै दिउँसो साढे ३ बजे बैठक बस्ने सूचना गरेका थिए ।
तर, दलहरूबीच सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगन गरिएको छ ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा आवाज उठाएपछि मंगलबारदेखि बैठक बस्न सकेको छैन।