शिक्षित युवालाई वीना धितो २० लाखसम्म कर्जा, ब्याजदर मात्रै ३ प्रतिशत

Nepal Cover
१६ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौँ । सरकारले शिक्षित युवालाई बीना धितो २ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो व्यवस्था घोषणा गरेका हुन्।

उनकाअनुसार, शिक्षित युवालाई उद्यम तथा व्यवसायी बनाउनलाई यस्तो कार्यक्रम ल्याइएको हो।  यस्तो कर्जाको लागि मात्रै तीन प्रतिशत ब्याज तोकिएको छ। 

यस्तो कर्जा लिनलाई सम्बन्धित व्यक्तिले शैक्षिक प्रमाणपत्र तथा परियोजना पेश गर्नुपर्नेछ।