कांग्रेसले भन्यो– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

Nepal Cover
२० जेष्ठ २०८२, सोमबार
image

काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

उनले भने, ‘मन्त्रीमाथि अख्तियारले आरोप लगाएका छैन। आरोप लागेको कर्मचारीमाथि छानबिन भइरहेको छ। उहाँमाथि छानबिन, आरोप नै नभई राजीनामा दिनुपर्छ भन्ने माग चाहिँ उपयुक्त भएन। हिजो रवि लामिछानेको विषयमा प्रमाणसहित आउँदा पनि हामीले राजीनामाको सट्टा छानबिन समिति माग गरेका हौँ। सीधा आरोप थियो।’

प्रवक्ता महतले अख्तियार संवैधानिक निकाय भएकाले हस्तक्षेप गर्न नसक्ने हुँदा राजीनामा दिन नपर्ने निष्कर्षमा पुगेको बताए।