सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

Nepal Cover
२६ जेष्ठ २०८२, आईतवार
image

काठमाडौँ । नेपाली बजारमा आइतवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर आज १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको  ।  यसअघि शुक्रवार एक लाख ९३ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदी पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर आज तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कायम भएको थियो ।