काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९४ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५० रुपैयाँले घटेर दुई हजार १५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।