सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
८ असार २०८२, आईतवार
image

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको थियो ।

शुक्रबारको तुलनामा आज असली चाँदीको भाउ तोलामा १० रुपैयाँ वृद्धि भएको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।