सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

Nepal Cover
११ असार २०८२, बुधबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।