काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर आज एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला एक लाख ९२ हजारमा कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ४० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।