घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुँदैछ कारोबार?

Nepal Cover
१३ असार २०८२, शुक्रबार
image

काठमाडाैं । सुनको मूल्य आज शुक्रबार तोलामा २९ सय ले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २९ सयले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।