फरार रहेका नुवाकोटका कट्टेल पक्राउ

Nepal Cover
१३ असार २०८२, शुक्रबार
image

काठमाडौं । बैङ्किङ कसुरका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला तादी गाउपालिका वडा नं. ०२ घर भइ हाल बबरमहल बस्ने वर्ष ३९ का प्रकाश कट्टेल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय‍बाट खटिएको प्रहरीले असार ११ गते पक्राउ गरेको हो।

उनलाई बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ बिराटनगर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धा न कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।