एसइईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

Nepal Cover
१३ असार २०८२, शुक्रबार
image

काठमाडौँ ।आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजेपछि प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।

२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।