काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका गौरव कुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
शुक्रवार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरे ।
बढुवासँगै उपरथी केसीलाई पूर्वी पृतनाको पृतनापतिमा नियुक्त गरिएको छ। यसअघि सैनिक प्रवक्ताको जिम्मेवारीमा रहेका केसी निमित्त पृतनापतिका रूपमा कार्यरत थिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।