नेपालले अस्ट्रेलियामा टप इन्ड टी-२० सिरिज खेल्ने

Nepal Cover
१३ असार २०८२, शुक्रबार
image

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट हुन एसिया क्षेत्र छनोट खेल्नुअघि नेपाली टिमले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपालले अस्ट्रेलियामा सिरिज खेल्ने जानकारी दिएको हो ।

टोलीले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा कम्तीमा ६ खेल खेल्नेछ । यो सिरिजले टी-२० विश्वकप छनोटमा नेपालको प्रदर्शनलाई बलियो बनाउने क्यानको विश्वास छ । सिरिजका लागि टोलीको अन्तिम नामावली अर्को साता घोषणा हुनेछ ।