पुर्वाधार बिकास रौतहटको नतिजामुखी काम

Nepal Cover
१८ असार २०८२, बुधबार
image

रौतहट । पुर्वाधार बिकास कार्यालय रौतहट गौर ले यसपटक धेरै काम गर्न सफल भएको छ। आवश्यक भएका नागरिकको तहबाट माग गरिएका काम गर्न सफल सो कार्यालयले बिपन्न परिवार लाई घर निर्माण देखी सिमसार क्षेत्रमा ढलान गराउने सडकमा कालोपत्र गराउने काममा पुर्वाधार बिकास रौतहटले उल्लेखनीय काम गर्न सफल देखिन्छ ।

नागरिकको तहबाट निर्माणाधीन नेपाल कै पहिलो जन्मोत्सव पार्क चादी खोलामा पनि सानै भएपनी जाली लाउने काम पुर्वाधार बिकास कार्यालय गौरले गरेकोमा पार्क संरक्षण समितिका अध्यक्ष नवराज राइले सम्पत्ति न्युजलाइ बताए । कार्यालयका प्रमुख दिपक कुमार मिश्रको सकृयता र परिपक्व अनुगमनका कारण कार्यालयले थप प्रगति गर्न सफल भएको अध्यक्ष राइको भनाइ छ।
कार्यालयका लेखा प्रमुख सुदिप गौतमको गहकिलो अनुभवबाट कार्यालय हुने र गरिने कार्य सम्पादनका कामहरु छिटोछरितो बन्न पुगेको सेवा ग्राहिहरु कै भनाइ सुनिन्छ ।