काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ अध्यक्ष र सञ्चालक नियुक्त गरेको छ। बिहिबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा किशोर जंग कार्कीलाई चयन गर्दै स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरको हो । अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनित भएसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको हो ।
कार्की हाल पब्लिक समूहको तर्फबाट सञ्चालक रहेका थिए। पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा सकिएसँगै अध्यक्ष पद रिक्त रहेको थियो।
त्यसैगरी, बैंकको सञ्चालक समितिमा नयाँ सदस्यका रूपमा रमेशराज अर्याल भित्रिएका छन्। उनी यसअघि एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। नयाँ नेतृत्वसँगै बैंकले संस्थागत सुशासन, पारदर्शिता र दिगो वित्तीय वृद्धिमा थप सशक्त पहल गर्ने अपेक्षा गरिएको छ।