उपाध्यक्ष नियुक्तिको ढिलाइले सिटिइभिटी भित्र करार कर्मचारी हाबी

Nepal Cover
२० असार २०८२, शुक्रबार
image

काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVTको उपाध्यक्ष पद २०८१ असार देखि रिक्त अवस्था छ।
यसबीचमा उपाध्यक्ष नियुक्ति छनोट समिति बाट नियुक्त गरिएका ओम प्रकाश बराल लाई नियुक्त गरिएको भएपनि उनको योग्यता नपुगेको भन्दै मन्त्रीपरिषदले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरे संगै यो सस्था नेतृत्व बिहिन बन्दै आएको छ।
उपाध्यक्ष नहुदा सदस्य सचिब माथि प्रेसर मात्रै परेको छैन उनले परिपक्व निर्यय समेत गर्न सकेका छैनन।
परिषद ऎन र नियमावली बिपरित कार्यबिधी बनाइ मन्त्री बिद्या भट्टराईले आफनो मान्छे ल्याउदा समस्या झन जटिल बनेको त्यतिबेलाको अवस्था चिर्दै चाडै नै उपाध्यक्ष नियुक्त गर्नुपर्ने आवाज समेत अहिले उठन थालेको छ। नयाँ शिक्षा मन्त्री रघुजी पन्त मन्त्री आए सगै अब छनोट प्रक्रिया अगाडि बढनु पर्नेमा प्रक्रिया अपेक्षित बढन नसक्दा सरोकारवाला चिन्तित देखिएका छन् ।
परिषद ऎन बिपरित कार्यबिधी बनाएर नियुक्ति गरिएको निर्णय सर्वोच्चले गलत त भनिदियो तर नयाँ प्रक्रिया पुर्याएर नियुक्त दिन ढिलाइ भएको हो प्रश्न उठेको छ। उपाध्यक्ष नहुदा सिटिइभिटीको परिक्षा प्रणाली ,सम्बन्धन रस्वीकृत ,मन्त्रालय एवं नियमनकारी निकाय र सरोकारवाला सगको समन्वय गर्ने महत्त्वपूर्ण पद लामो समय देखि रिक्त रहदा दैनिक रूपमा सस्थाले सास्ती ब्यहोर्नुपरेको बताइएको छ।
यसैबीचमा कतिपय बिद्यालय लाई सम्बन्धन दिएर करोडौं कुम्लाएका सदस्य सचिब महेश भट्टराई उपाध्यक्ष नियुक्तिमा ढिलाइ भए आफ्नो धन्दाले निरन्तरता पाउन सजिलो हुने भएकाले यो नियुक्ति नहोस् भन्दै ठाउँ ठाउँमा लबिङमा सकृय देखिएका छन् ।
पछिल्ला दिनमा उनलाई कसैले कार्यालयमा भेटन समेत पाउदैनन।
प्राप्त जानकारी अनुसार उनको नालायकपनका कारण सिटिइभिटीका कर्मचारीले मासिक तलब भत्ता खाने बाहेकका काम गर्न सकेका छैनन् । दक्षजनशक्ति उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको एकमात्र यस्तो सस्थालाइ नेतृत्व बिहिन बनाइ राख्न नहुने शिक्षाबिज्ञहरुको धारणा छ।
मन्त्रीपरिषदको निर्णयका विरुद्ध सर्वोच्चको फैसला र पुर्णपाठ आए सगै सरोकारवाला गम्भीर बन्दै समाधान दिनुपर्नेमा शिक्षा मन्त्रालय किन मौन छ प्रश्न उठेको छ।
कर्मचारी जुवा खालबाट पक्राउ मात्रै भएका छैनन, सिटिइभिटी भित्रको नितिगत काम र सरुवा रोकियो
सामन्य त सरुवा दुई दुई वर्ष भित्र गरिन्छ तर दुई वर्ष भन्दा लामो समय देखि बसिरहेका आर्थिक रुपमा गतिछाडा प्रीन्सिपलहरुको सरुवा हुन सकेको छैन । मियो गतिलो नहुदा जाडभट्टी र जुवा खालमा कतिपय कर्मचारीले जरो गाडेकोले प्रहरीले मोहन लामिछाने लेखा अधिकृत र परिक्षा कन्ट्रोलर सुशील पोख्रेल लाई प्रहरीले जुवाखाल बाटै पक्राउ गरेको थियो ।
उनीहरु बालाजु इन्जिनियरिङ बिद्यालयमा कार्यरत कर्मचारी हुन।
कतिपय संघसंगठनकाआडमा तोकिएको जिम्मेवारीबाट पन्छिने दुई वर्ष सम्म हाजिर नै नगरी तलब खानपल्केका लम्पटहरुलाइ सदस्य सचिब भट्टराईले संरक्षण गरि उ काजमा छ भन्दै प्रीन्सिपहरुलाइ दबाब दिएर तलब भत्ता खुवाउन बाध्य बनाएको सन्दर्भले सिटिइभिटी दिनप्रतिदिन कमजोर बन्दै छ। काम चोर प्रवृत्ति बोकेका युनियनका लठैतलाई काजको चिट्ठी दिन प्रशासन र सम्बन्धि बिद्यालयका प्रीन्सिपललाइ बारम्बार दबाब दिने मात्रै होइन अफिसमा सामान ल्याउने ठेगदारका श्रीमती लाई रकम खाएर गणेशमानमा नियुक्ति दिन लाउने जस्ता कामका कारण सदस्य सचिब भट्टराई इतिहासमा भ्रष्ट कर्मचारीका रूपमा आफुलाइ चिनाउन सफल भएका छन् ।
यस्ता छ्ट्टु सदस्य सचिबलाई काम दिन र परिधिभित्र राख्न पनि उपाध्यक्ष नियुक्त गर्न थप दबाब जरुरी देखिएको युनियनका कतिपय ईमानदार नेताहरू कै भनाइ छ।
परिक्षा प्रणालीमा अनियमितता देखिएको भन्दै अख्तियारमा उजुरी बढन थालेको समाचार श्रोतले बताएको छ। सम्बन्धन महाशाखाबाट सरुवा हुँदा कृश्यचन धर्म प्रचारक टैलेन्द्र आचार्य उपाध्यक्षको पदमा आफू जान चर्को लबिङमा लागेको देखिन्छ तर उनी सस्था भित्र घुस खान माहिर कर्मचारीका रुपमा परिचीत छ्न। उनी खटाएको स्थानमा जान मान्दैन ।प्रशासनका निर्देशक दामोदर देबकोटालाइ हटाएर सो स्थानमा जान मन्त्रालयमा चर्को लबिङमा लागिरहेका कृश्यन निर्देशक आचार्य उपाध्यक्षमा कसरी जम्प गर्ने भन्दै कतिपय स्थानमा थैलिको जोहो गर्न सम्बन्धनको सेटिङवाला लाई सदस्य सचिब महेश भट्टराई लाई साथ साथै लिएर हिडेका छ्न। अझै कलेजहरुमा सम्पर्क गरेर दुई भाइले आतंक मच्चाइरहेको समाचार श्रोतको दाबी छ।
सार्वजनिक पदमा बसेका सदस्य सचिब भट्टराई सस्था भित्र नकारात्मक सोचाइ बोकेका र सबैलाई कुदृश्टिले हेर्ने कसै संग नमिल्ने एक्लो ब्यक्ति भएको एक निर्देशकले सम्पत्ति न्युजलाई बताए ।यस्ता प्रवृत्तिबाट हुर्केका सदस्य सचिब भट्टराईका कारण सिटिइभिटि राम्रोसँग थाला पर्दै गएको उनको भनाइ थियो।