शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद

Nepal Cover
२२ असार २०८२, आईतवार
image

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

बैठकमा समितिका बहुमत सदस्यले आइतबार नै विधेयक पारित गर्नुपर्ने माग राखे पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषय सहमति जुटाउनका लागि समय मागेका थिए ।

समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिन भित्र सरकारले विधेयकमा नटुंगिका विषय टुग्याएर सहमति जुटाएर आउन निर्देशन दिएका हुन् । शिक्षामन्त्री पन्तले भने जतिसक्दो चाडैँ समिति सभापतिलाई सहमति जुटेपछि बैठकको मिति जानकारी गराउने बताएका छन् । ‘पाँच दिनभित्र सहमति गरेर आउन । त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ,’ समिति सभापति थापाले भने ।

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन्। विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेको छैन ।