काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन महालेखा नियन्त्रक कार्यालय (मलेनिका) को विभागीय कार्य समिति गठन गरिएको छ।
सोमबार सम्पन्न निर्वाचनबाट उक्त समितिको अध्यक्षमा सुनिल न्यौपाने निर्वाचित भएका छन्। महालेखा नियन्त्रक कार्यालयमा लेखापाल पदमा कार्यरत न्यौपानेले अध्यक्षको जिम्मेवारी पाएका हुन्। त्यस्तै, खुलातर्फ उपाध्यक्षमा लेखा अधिकृत मनोज पौडेल र महिलातर्फ उपाध्यक्षमा अन्जु न्यौपाने चयन भएका छन्। सचिवमा लेखापाल सूर्य प्रसाद न्यौपाने, सहसचिवमा लेखापाल चिरजिवि पाण्डे, र कोषाध्यक्षमा लेखापाल सोयुस कुमार केसी चयन भएका छन्।
यसका साथै समितिले अन्य सदस्यहरू, प्रदेश प्रतिनिधि, लेखा समितिका सदस्य र सल्लाहकार समेत चयन गरेको छ।
अध्यक्षमा निर्वाचित भएपछि न्यौपानेले निजामती कर्मचारीका हकहितका लागि आगामी दिनहरूमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हेर्नुहोस् चयन भएका पदाधिकारीको नामावली :
