मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना

Nepal Cover
१९ श्रावण २०८२, आईतवार
image

काठमाडौँ । पोखरा सडकखण्डअन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस आज दुर्घटनामा परेको हो।

तनहुँ प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार बस मर्स्याङ्दी नदीको किनारामा पल्टिएको अवस्थामा भेटिएको छ। घटनास्थलमा प्रहरी, स्थानीय र उद्धार टोलीको सहभागितामा खोजी तथा उद्धार कार्य जारी छ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार हालसम्म घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ। “बस मर्स्याङ्दी किनारमा उत्तानो परेको छ। बसभित्र थप यात्रु छन् कि भनेर खोजी भइरहेको छ,” प्रमुख अधिकारीले बताए।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ । 

यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्‍याङ्‍दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

आजको दुर्घटनाले फेरि एकपटक ऐनापहरा क्षेत्रको सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।