भारतको उत्तराखण्डमाको बाढीबाट २६ नेपाली बेपत्ता

Nepal Cover
२८ श्रावण २०८२, मंगलवार
image

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवाल जिल्लामा आएको बाढी र पहिरोमा २६ जना नेपाली बेपत्ता भएका छन्।

नेपाली दूतावास, नयाँदिल्लीले सार्वजनिक गरेको विवरण अनुसार उत्तरकाशीमा २१ जना र पौडी गढवालमा ५ जना नेपाली हराएका हुन्।

दूतावासका अनुसार उत्तरकाशीमा ५ अगस्ट र पौडी गढवालमा ६ अगस्टमा बाढी र पहिरो आएको थियो। सो घटनापछि स्थानीय प्रशासन र उद्धार टोलीहरूले खोजी कार्य जारी राखेका छन्।