बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

Nepal Cover
५ भाद्र २०८२, बिहीबार
image

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा एक लाख ९३ हजार पाँच सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार २५५ रुपैयाँमा कायम भएको थियो ।