काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको युवा संयोजकमा संसार चौलागाईँ चयन भएका छन्। उनलाई सफल कार्यकालको शुभकामना। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको युवा संयोजकमा संसार चौलागाईँ चयन भएका छन्। परिषदद्वारा जारी सूचना अनुसार चौलागाईँलाई सर्वसम्मतिले युवा संयोजकमा चयन गरिएको हो।
चौलागाईँले आफ्नो चयनप्रति खुसी व्यक्त गर्दै युवाहरुको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “मलाई यो महत्वपूर्ण जिम्मेवारी दिएकोमा सम्पूर्ण परिषदलाई धन्यवाद दिन चाहन्छु। अमेरिकामा रहेका युवा नेपालीहरुको आवाजलाई बुलन्द गर्दै उनीहरुको प्रगति र विकासका लागि सधैं क्रियाशील रहनेछु।”
एनआरएनए एनसीसी अमेरिकाले चौलागाईँको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।